ad ad

राजनीति


संसदलाई प्रचण्डको पत्र : ओलीलाई कारबाही गरिसक्यौँ, मान्यता नदिनू (पत्रसहित)

संसदलाई प्रचण्डको पत्र : ओलीलाई कारबाही गरिसक्यौँ, मान्यता नदिनू (पत्रसहित)

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १२:२८,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेता र पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको संसद सचिवालयलाई जनाकारी गराएको छ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रसहित संसद सचिवालय पुगेर नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दीनानाथ शर्मा, जीवनराम श्रेष्ठले ओलीका काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका हुन्।

‘पार्टीको अन्तरिम विधान र संसदीय दलको विधानअनुसार ओलीलाई कारबाही गरिसकेका कारण उनका काम कारबाहीलाई मान्यता नदिन आग्रह ग¥यौँ’, सांसद श्रेष्ठले नेपालखबरसँग भने।

त्यस्तै नेकपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलका उपनेता सुवावा नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई गरिएको कारबाही बारे पनि संसद सचिवालयलाई जानकारी गराएको उनले बताए।

अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा ओली पार्टीको सदस्य समेत नरहेका कारण दलको नेता पनि हुन नसक्ने जानकारी गराइएको छ।

‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’, संसद सचिवालयमा बुझाइउको प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ।’ 

121212

212121

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .