राजनीति


फागुन २१ गते सरकार–विप्लवको संयुक्त सभा, प्रधानमन्त्री ओली र महासचिव चन्दले सम्बोधन गर्ने

फागुन २१ गते सरकार–विप्लवको संयुक्त सभा, प्रधानमन्त्री ओली र महासचिव चन्दले सम्बोधन गर्ने

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ५:२०,

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र त्यस पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुनर्स्थापनापछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकअघि एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते विघटन घोषणा गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनर्स्थापना गरेपछि पहिलो बैठक यही फागुन २३ गते अपराह्न ४ बजे बस्दै छ।

त्यसअघि फागुन २१ गते सरकार र विप्लव नेकपाले संयुक्त रूपमा विशेष समारोह आयोजना गर्ने भएका हुन्।

Govt Biplav bartatoli 2

आज (बिहीबार) बिहान प्रेस विज्ञप्ति जारी गरी दुई पक्षबीच तीनबुँदे सहमति भएको संक्षिप्त जानकारी दिँदै विस्तृत विवरण त्यही दिन सार्वजनिक गरिने जानकारी गराइएको हो।

‘सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ,’ सरकारतर्फ वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लवतर्फ वार्ता टोलीका प्रमुख प्रकाण्ड (खड्गबहादुर विश्वकर्मा) को संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट महासचिव कमरेड ‘विप्लव’ (नेत्रविक्रम चन्द) ले सम्बोधन गर्नुहुनेछ।’

याे पनि :  सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad