राजनीति


संयुक्त आह्वान गर्दै पाँच पूर्वनिर्वाचन आयुक्तले आयोगलाई भने– नेकपा विवादमा छिटो निर्णय देऊ

संयुक्त आह्वान गर्दै पाँच पूर्वनिर्वाचन आयुक्तले आयोगलाई भने– नेकपा विवादमा छिटो निर्णय देऊ

नेपालखबर
फागुन १९, २०७७ बुधबार १३:२७,

पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादमा छिटो निर्णय गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्।

पूर्वनिर्वाचन आयुक्तहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र स्थापित नजिरहरुको आधारमा यथाशिघ्र विवाद निरुपण गर्नका लागि आग्रह गरेका छन्।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर आयोगलाई अनिर्णयको बन्दि नबन्न आग्रह गरेका हुन्।

‘राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले हामीलाई गम्भीर बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै साखमा पर्नसक्ने असरलाई समेत विचार गरी प्रचलित कानून तथा स्थापित नजिरहरुको आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौ।’

विज्ञप्तिको पूर्ण पाठ:

PurbaNirbachanaAayukta statement

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad