नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफ्नो ज्यान खतरामा छ’ भनेकामा अहिले टिप्पणी गरेका छन्।
डा. कोइरालाले प्रधानमन्त्री नै असुरक्षित रहेको यो देशमा अन्य सर्वसाधारणको अवस्था झन् कस्तो होला भनेर आश्चर्य व्यक्त गरेका हुन्।
‘प्रधानमन्त्रीजस्तो व्यक्तिले म सुरक्षित छैन, मेरो ज्यान खतरामा छ भन्दा सुरक्षा निकायको मनोबल कस्तो होला,’ बुधबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री नै सुरक्षित छैनन् भने यो देशमा कोचाहिँ सुरक्षित छ? सर्वसाधारण जनताचाहिँ सुरक्षित छन् त?’

प्रतिक्रिया