राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीको केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ।
अध्यक्ष त्रयले पार्टी विधानबमोजिक बैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशन तथा स्थानीय तहहरुको निर्वाचन सम्पन्न गर्न पार्टी नेता हरिबहादुर बस्नेतको अध्यक्षतामा १० सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ।
निर्वाचन समितिको सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिवमा गीताभक्त जोशी तथा सहसचिवमा झनक प्याकुरेल रहेका छन्।
त्यस्तै सदस्यहरुमा रोशन कार्की, कैंया चौधरी, श्यामबहादुर शाही, पुष्कर अधिकारी र रामेश्वर श्रेष्ठ रहेका छन्।
राप्रपाले यसअघि नै महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया