ad ad

राजनीति


वार्ता टोलीको नाम सार्वजनिक गर्दै विप्लवले तोके छलफलका तीन विषय

वार्ता टोलीको नाम सार्वजनिक गर्दै विप्लवले तोके छलफलका तीन विषय

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ९:४९,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले सरकारसँग वार्ता गर्ने टोलीको विवरण सार्वजनिक गरेको छ।

सो पार्टीका प्रवक्ता तथा केन्द्रीय समिति सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली गठन गरेको पार्टीका महासचिव विप्लवले जानकारी दिएका छन्।

टोलीका अर्का सदस्यमा उदय चलाउने (दीपक) लाई राखिएको छ।

विप्लवले सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न आफ्नो पार्टी सहमत भएको बताएका छन्।

‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छ,’ विप्लवद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क. प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क. दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं।’

सरकारले पनि विप्लव नेतृत्वको सो भूमिगत समूहसँग वार्ता गर्न आजै टोली गठन गरेको छ।

सरकारले वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो।

टोलीका अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन्।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी केपी शर्मा ओली नेतृत्वको यहि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

Biplab barta statement

यो पनि :

- विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली, विश्वकर्मा संयोजक

विप्लव समूहसँग वार्ता गर्न गठन गरियो गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय टोली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .