राजनीति


उप-निर्वाचनका लागि दाङमा ३४ मतदानस्थल, थपिए १७ हजार मतदाता

उप-निर्वाचनका लागि दाङमा ३४ मतदानस्थल, थपिए १७ हजार मतदाता

नेपालखबर
साउन २५, २०७६ शनिबार ४:१६,

दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय भएको छ। दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुँदैछ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन्।

त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन्। तुलसीपुर उप–महानगरपालिकाको वडा नं १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिाकामा १०, दङ्गीशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा नौ मतदानस्थल रहने निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिए।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो भने वडा नं १६ का अध्यक्ष लक्षिन बुढामगरको जन्डिसका कारण मृत्यु भएको थियो।

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते उप–निर्वाचनको मिति तय गरेको छ।

सत्र हजार मतदाता थपिए
दाङमा डेढ वर्षयता १७ हजार २१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको सङ्घीइ र प्रदेशको निर्वाचनमा तीन लाख ४५ हजार ६३३ मतदाता थिए।

हाल तीन लाख ६२ हजार ९४२ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

अहिले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन तुलसीपुर र लमहीबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको कार्यालयका निमित्त प्रमुख रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .