समाज


सिंहदरबार प्रहरी हिरासतबाट दुई अभियुक्त फरार, दुई जना भाग्दाभाग्दै पक्राउ

सिंहदरबार प्रहरी हिरासतबाट दुई अभियुक्त फरार, दुई जना भाग्दाभाग्दै पक्राउ

नेपालखबर
साउन २५, २०७६ शनिबार ४:३४,

सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतबाट आज (शनिबार) बिहान दुई अभियुक्त फरार भएका छन्। दुई जनालाई भने भाग्दाभाग्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिंहरदबार प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलुकमार बुढाथोकीले घटनाको पुष्टि गर्दै फरार दुई जनाकाे खाेजी भइरहेकाे जानकारी दिए। 

‘पछाडिको भेन्टिलेसन तोडेर भागेका रहेछन्,’ नेपालखबरसँग उनले भने, ‘दुई जनालाई चाहिँ भागिरहेका बेला नजिकैबाट पक्राउ ग¥यौं, दुई जना भने फरार हुन सफल भए।’

तर नाम भने उनले बताउन चाहेनन्। ‘नाम अहिले नभनौं,’ उनले भने, ‘अहिले खोजी जारी छ, नाम भन्यो भने भाग्ने खतरा बढ्छ। ’

बिहान ४/५ बजे उनीहरू भागेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।

उनका अनुसार चारै जना चोरी मुद्दाका अभियुक्त हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .