राजनीति


विप्लव नेकपाद्वारा आफ्नै नेतालाई कारवाही

विप्लव नेकपाद्वारा आफ्नै नेतालाई कारवाही

नेपालखबर
साउन २५, २०७६ शनिबार ३:३२,

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नै नेतालाई कारवाही गरेको छ। कास्की जिल्ला कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’लाई कारवाही गरिएको हो।

शुक्रबार पार्टीका कास्की जिल्ला इन्चार्ज रुपेशले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नीतिविपरित नेता पक्राउसहितका आरोप लगाउँदै उनलाई कारवाही गरिएको उल्लेख गरेका छन्।

उनीमाथि ‘पार्टी नीतिविपरित आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरुलाई अनुनय विनय गर्ने, आत्मसमर्पण गर्ने, नेता गिरफ्तार गराउनेजस्ता पार्टीलाई गम्भीर आँच आउने’ काम गरेको अभियोग लगाइएको छ। उनलाई पार्टीको साधारणस सदस्य समेत नरहने गरी कारवाही गरिएको हो।

पार्टीले सन्तोषसँग कुनै काम कारवाही नगर्न र नगराउन समेत आग्रह गरेको छ।

पार्टी कारवाहीमा परेका विप्लव नेकपाका नेता केही समयअघि सुरक्षाकर्मीबाट पक्राउ परेका थिए। पक्राउपछि उनको रिहाइका लागि उच्च अदालत पोखरामा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। रिटमा सुनुवाइ गर्दै अदालतले उनलाई थुनमुक्त गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad