ad ad

राजनीति


संसद बैठकअघि सांसदलगायत सम्बन्धित व्यक्तिलाई खोप लगाइने, तोकियो मिति, समय र स्थान

संसद बैठकअघि सांसदलगायत सम्बन्धित व्यक्तिलाई खोप लगाइने, तोकियो मिति, समय र स्थान

नेपालखबर
फागुन १७, २०७७ सोमबार १०:२६,

फागुन २३ गतेदेखि सुरु हुनेगरी प्रतिनिधि सभा बैठक तोकिएपछि संसद सचिवालयले संसदका पदाधिकारी, सांसद, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई कोभिड–१९ विरुद्धको खोप लगाउने मिति, समय र स्थान सार्वजनिक गरेको छ।

संसद सचिवालयले फागुन १९ गते बुधबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सबै सांसदलाई सो खोप लगाउने बताएको छ।

नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा खोप लगाउने व्यवस्था गरिएको सो सचिवालयले जनाएको छ।

सोहि दिन सचिवालयका महासचिव, सचिव र अन्य विभिन्न शाखाका कर्मचारीले पनि लगाउन सक्नेछन्।

त्यसैगरी, बिहीबार र शुक्रबार पनि सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई पनि सोहि अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।

त्यसबारे सचिवालयद्वारा दिइएको विवरण यस्तो छः

Samsad vaccine

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .