सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।
उनी सोमबार भिडिओ लिङ्कमार्फत राजधानीको एक अदालतमा उपस्थित भएकी हुन्।
सो क्रममा उनलाई आफ्ना वकिलहरुसँग भेट्न छुट दिइएको थियो।
उनीमाथि बिना अनुमति वाकीटकी सेट आयात गरेको, कोभिडसम्बन्धी प्रतिबन्धहरू पालना नगरेको र डर पैदा गर्न सक्ने सूचना प्रकाशित गरेको आरोप लगाइएको छ।
वकिलहरुका अनुसार सुचीको स्वास्थ्य अवस्था सामान्य छ। कुपछि सुचीलाई अज्ञात स्थानमा राखिएको छ।
सुचीको रिहाईको माग गर्दै आन्दोलन चर्किरहेको बेला सुची अदालत उपस्थित भएकी हुन्।
आइतबार मात्रै म्यान्मारमा हिंसात्मक बनेको प्रदर्शनमा प्रहरीको गोलीबाट १८ जनाको मृत्यु भएको थियो।
याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति
3
Shares
प्रतिक्रिया