नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) बिहान सर्वाेच्च अदालतमा आफ्नो लिखित जवाफ पेस गरेका छन्।
आफूविरुद्ध लागेको अदालत अवहेलना मुद्दा सम्बन्धमा लिखित जवाफ पेस गर्न प्रचण्ड आफैं अदालत उपस्थित भएका हुन्।जवाफ बुझाएर प्रचण्ड अदालतबाट फर्किसकेका छन्।
गत माघमा विराटनगरमा आयोजित विरोध सभामा सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले मुद्दा हालेका छन्।
जसमा गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियाे।
अदालतको अवहेलनाकै मुद्दामा यसअघि चार पूर्वप्रधानन्यायाधीश- मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वाेच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन्।
Shares
प्रतिक्रिया