ad ad

राजनीति


ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए, भट्टराई नियुक्त

ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए, भट्टराई नियुक्त

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ९:४०,

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेका छन्।

शुक्रबार दिउँसो ओलीले प्रमुख सचेतवकबाट गुरुङलाई हटाएर सांसद् विशाल भट्टराईलाई नियुक्त गरेका हुन्।

ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीले गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेको जानकारी दिए।

‘प्रधानमन्त्रीले देव गुरुङलाई हटाएर विशाल कमरेडलाई मुख्य सचेतक नियुक्त गरेको हामीलाई जानकारी गराउनुभयो’, नेम्वाङले नेपालखबरसँग भने, ‘आजैको मितिदेखि लागू हुनेगरी विशाल भट्टराई मुख्य सचेतक बन्नुभयो।’

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ। नेकपा विभाजनपछि प्रमुख सचेतक गुरुङ प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेका थिए। सोहीकारण ओलीले उनलाई प्रमुख सचेतक बनाएका हुन्।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .