बिहीबार चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा थालिएको ग्रामीण गरिबी निवारण अभियानले पूर्णता पाएको घोषणा गरेका हुन्।
सीले गरिबी निवारणको अभियानमा पूर्ण विजयी प्राप्त गरेको बताएको सीजीटीएनले जनाएको छ।
यस अवधिमा चीनका १० करोडभन्दा बढी नागरिक गरिबीको रेखा मुनीबाट माथि उठ्न सफल भएका छन्।
चिनियाँ संचारमाध्यमका अनुसार राष्ट्रपति सी चिनफिङको योजना र दुरदर्शिताका कारण चीनमा ग्रामीण गरिबी हटेको हो।

बेइजिङको ग्रेट हलमा बोल्दै सीले भनेका छन्,‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, चीनको समाजवादी प्रणाली देशका जोखिम, चुनौती र कठिनाइहरूको समाधानको मापदण्ड हुन्।’
सीले यो आठ वर्षको अवधिमा चीनको ग्रामीण गरिबी निवारण गर्नका लागि चीनले १० खर्ब ६० अर्ब युआन लगानी गरेको पनि जानकारी दिए।
गत आइतबार मात्र सार्वजनिक भएको चीनको एउटा दस्तावेज अनुसार चीनले अझै पाँच वर्ष ग्रामीण क्षेत्रको समस्या समाधान गर्ने कार्य गर्नेछ।
चीनको नम्बर वान पोलिसी डकुमेन्टअनुसार चीनले पाँच वर्षसम्म ग्रामीण पुनरुद्धार कार्यक्रम संचालन गर्नेछ।

सीले ग्रामीण गरिबी निवारण गरिनु अन्तिम कार्य नभएको बताउँदै अब थप नयाँ कामहरुको थालनी हुने पनि बताए।
सीले ग्रामीण गरिबी निवारणको अभियान अन्तर्गद देशभरका ग्रामीण क्षेत्रको भ्रमण गरेका थिए। ग्रामीण क्षेत्रको समस्या तथा त्यहाँको चुनौती र सम्भावनाको अभ्ययन गर्दै चीन ग्रामीण गरिबी निवारण गर्न सफल भएको हो।

(भिडियाे)
Shares

प्रतिक्रिया