राजनीति


नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : पाण्डे

नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : पाण्डे

नेपालखबर
फागुन १२, २०७७ बुधबार १२:०,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन्।

नेकपा चितवनले आयोजना गरेकाे विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताएका हुन्।

‘सर्वोच्चको निर्णयले लोकतन्त्र र संविधान बचाउन सफल भएको छ’, उनले भने, ‘प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिको प्रयासले प्रतिगमन पराजित भएको छ। सर्वोच्च अदालतले न्यायपूर्ण आन्दोलनलाई बचाएको छ, न्यायमूर्तिलाई सलाम छ’, उनले भने।

नेता पाण्डेले चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उल्लेख गर्दै हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने बताए। नेकपाको मूलधार अध्यक्षद्वय प्रचण्ड र नेपालले समातेको भन्दै उनले बाटो बिराएर गएकालाई घर फर्कनसमेत आग्रह गरे। उनले भने, ‘सर्वोच्चले मूलधार यही हो भनेर पुष्टि गरिसकेको छ। आउनू हामीसँगै जाऊँ।’ नेकपालाई एकजुट बनाएर लैजाने समय आएको उनको भनाइ छ।

नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको बताए। ‘सबै दलसँग सहकार्य गरेर अब देशलाई समृद्धितर्फ लैजानु पर्दछ’, उनले भने, ‘एतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी जनताले नेकपाको काँधमा सुम्पिएको छ।’

नेकपा केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संविधानको रक्षाका लागि अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताए। कार्यक्रममा नेकपा चितवन इञ्चार्ज कृष्ण खनाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले बोलेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad