नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठस्थित देउवा निवास पुगेका छन्।
प्रतिनिधि सभा पुनस्र्थापित भएपछि नयाँ सरकार बनाउनबारे देउवासँग छलफल गर्न प्रचण्ड र नेपाल बुढानिलकण्ठ पुगेका हुन्।
तीन नेताबीच अपरान्ह करिब एकबजेदेखि देउवा निवासमै छलफल भइरहेको देउवाको सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय मंगलबार बदर गरेपछि अब नयाँ सरकार बनाउने कसरत सुरु भइसकेको छ।
चितवनमा रहेका प्रचण्ड र नेपाल त्यहाँ आयाेजना गरिएकाे विजय सभामा समेत सहभागी नभई काठमाडौं फर्केका हुन्। त्यसलगत्तै प्रचण्ड र नेपाल पार्टी सचिवालयको अनौपचारिक बैठक बसेर बुढानिलकण्ठ पुगेका हुन्।
3
Shares

प्रतिक्रिया