प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौँ फर्केका छन्।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेपछि अध्यक्षद्वय प्रचण्ड र नेपाल बुधबार चितवनमा आयोजित आमसभालाई सम्बोधन नगरी काठमाडौँ फर्केका हुन्। उनीहरु बुधबार बिहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं फर्केका हुन्।
बुधबार आयोजित सभालाई सम्बोधन गर्नका लागि अध्यक्षद्वय मंगलबार दिउँसो चितवन पुगेका थिए।
विकसित राजनीतिक घटनाक्रमका कारण अध्यक्षद्वय आमसभालाई सम्बोधन नगरी काठमाडौँ फर्केको नेकपा चितवनका इन्चार्ज यमबहादुर परियारले बताए।
‘अध्यक्षद्वय बिहान काठमाडौँ फर्किनुभयो’, परियारले नेपालखबरसँग भने, ‘चितवनामा आयोजित कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्नुहुनेछ।’
सभालाई सुरेन्द्र पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।
नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध पूर्वनिधारित विरोधसभालाई बुधबार पुनर्स्थापना भएसँगै विजय सभामा बनाउने निर्णय गरेको थियो।
नेकपाले बुधबार दिउँसो ४ बजे संसदीय दलको बैठक समेत आह्वान गरेको छ। त्यसअघि प्रचण्ड–नेपालले केही राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ।
Shares

प्रतिक्रिया