राजनीति


ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

नेपालखबर
फागुन १२, २०७७ बुधबार २:५१,

पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ।

बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए।

‘संसद पुनस्र्थापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनेछ,’ मण्डलले नेपालखबरसँग भने, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने छ।’

सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ। ‘अलिकति लाजघिन छ भने केपी ओलीले अब प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ’, प्रचण्डले मंगलबार साँझ चितवनमा पत्रकारसँग भने, ‘होइन अझै उहाँ राजीनामा नदिई बस्नुहुन्छ भने इतिहासको कुडाकर्कटमा उहाँ यसरी मिल्काइनुहुनेछ, त्यो उहाँले समेत पत्तो पाउनुहुन्न।’

प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत उनलाई हटाउने संकेत प्रचण्ड–नेपाल समूहले गरेको छ। यो समूहले पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad