राजनीति


प्रतिनिधि सभा पुनर्स्थापनाबारे छलफल गर्न संसद् भवनमा नेकपा संसदीय दलको बैठक बस्दै

प्रतिनिधि सभा पुनर्स्थापनाबारे छलफल गर्न संसद् भवनमा नेकपा संसदीय दलको बैठक बस्दै

नेपालखबर
फागुन १२, २०७७ बुधबार २:४८,

सरकारले विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले पुनर्स्थापना गरेपछि छलफल गर्न आज (बुधबार) प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्दै छ।

नेकपाका केन्द्रीय सदस्य एवं सांसद जीवनराम श्रेष्ठले संसद् पुनर्स्थापना भएको अवस्थामा अब के कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न संसदीय दलको बैठक राख्न लागिएको जानकारी नेपालखबरलाई दिए।

‘समय निश्चित भइसकेको छैन, तर आज बैठक बस्छ,’ बुधबार बिहान उनले भने।

तर दिउँसो ४ बजे बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठक बस्ने तयारी नेकपाले गरेको बुझिएको छ।

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष तथा संसदीय दलको नेताबाट हटाउँदै नेकपाले यसअघि नै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad