भारतमा उपचाररत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा आफ्नो रोगै रहाएको बताएका छन्।
मंगलबार सर्वोच्च अदालतल संसद विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै डा. भट्टराईले अस्पतालको शय्याबाटै यस्तो बताएका हुन्।
‘कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!’, भट्टराईले ट्विटरमा लेखेका छन्।
3
Shares

प्रतिक्रिया