सरकारले दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन्।
उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।

प्रतिक्रिया