राजनीति


दुई तिहाइको सरकारले संसद् विघटन गर्नु सामान्य घटना होइन : सीके राउत

दुई तिहाइको सरकारले संसद् विघटन गर्नु सामान्य घटना होइन : सीके राउत

प्रकाश न्यौपाने
फागुन ९, २०७७ आइतबार ६:४६,

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले संसद् विघटनलाई सामान्य घटनाका रुपमा लिन नसकिने बताएका छन्।

उनले दुई तिहाइ नजिकको सरकारले एकाएक संसद् विघटन गर्नु आफैँमा असामान्य घटना भएको बताए।

आइतबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राउतले भने, ‘जनताले मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएका हुन्। तर सरकारले त्यसअनुसार काम गर्न सकेन।’

उनले मुलुकको विकास नभई भ्रष्टाचार र अस्थिरता बढेको बताए। ‘हामीले धेरै व्यवस्था भोग्यौं, सबैभन्दा राम्रो व्यवस्था भनिएको संघीयतामा पनि अस्थिरता भयो। नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश हुन बाध्य भएका छन्’, उनले भने।

डा.राउतले नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुका कारण सही व्यक्ति चयन गर्न नसक्नु भएको बताए।

‘हामीले सही मान्छे चयन गर्न नसक्दा दुःख पाएका छौं, उत्कृष्ट भनिएको व्यवस्थामै समस्यामा पर्यौ’, उनले भने।

No description available.

उनले अहिले जनताका अधिकार प्रत्याभूति नगरिएको बताउँदै जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने व्यवस्था भए मात्रै राजनीति सही ट्रयाक हुने बताए।

उनले अहिले बुद्धीजीवी, पत्रकार लगायतले नागरिक आन्दोलन सुरु गरेको भए पनि त्यसमा राजनीति रंग देखिएको बताए। ‘नागरिक आन्दोलनमा राजनीतिक रंग देखिनु हुँदैन, अहिले त्यस्तो भएको छ’, उनले भने।

उनले पर्दा पछाडिका शक्तिबाट नेपालको राजनीति नियन्त्रित भएको समेत जिकिर गरे। ‘अहिले विदेशी शक्तिको कति चलखेल भइरहेको छ भन्ने प्रस्ट छ’, उनले भने। तर उनले कुन देशको शक्तिले के चलखेल गरेको भन्नेबारे केही खुलाएनन्।

उनले संसद् पुनःस्थापना नभए आफूहरु चुनावमा जान तयार रहेको समेत बताए। उनले अदालतमा विचाराधीन मुद्दा भएकाले यसबारे आफू केही नबोल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .