राजनीति


देश र जनताका विरुद्धमा फैसला भए आन्दोलन हुन्छ : ओली

देश र जनताका विरुद्धमा फैसला भए आन्दोलन हुन्छ : ओली

नेपालखबर
फागुन ८, २०७७ शनिबार ११:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन्।

शनिबार आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि अगाडि बढ्ने बताएका हुन्।

‘यदि कहीँ कुनै प्रकारको जालझेल, षड्यन्त्र टिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ’, उनले भने।

उनले यस्ता शक्ति को हुन भन्ने नखुलाए पनि उनको भनाइ अदालतप्रति लक्षित रहेको बुझ्न सकिन्छ।

Image

उनले नेकपाको आधिकारिकता र सूर्य चिन्ह आफूहरुले नै पाउने बताए। उनले अरुले जित्ने कुनै कारण नभएका कारण आफूहरुको विजय सुनिश्चित भएको दाबी गरे।

‘चुनाव हुन्छ नै, त्यसकारण तपाईंहरु आत्मविश्वासकासाथ अगाडि बढ्नुस्’, उनले भने।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए।

‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’, उनले भने।

उनले प्रतिनिधि सभा पुनस्र्थापना भए सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल हुने र लोकतन्त्र कमजोर हुने बताए।

Image

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले देशभर भएका सभा, संविधानको मर्म र भावना हेरेर विश्लेषण गर्ने बताए।

‘सर्वोच्च अदालतले देशभर भइरहेका यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हेरेको होला’, उनले भने, ‘संविधानको मर्म र भावना हेरेको होला। यसपछिका परिणतिहरू, मुलुक कतातिर जान्छ भन्ने हेरेको होला।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .