यससँगै उनले चौथो ग्रान्ड स्लाम हात पार्न सफल भएकी छिन्।
२३ वर्षकी ओसाकाले अमेरिकाकी २२ औं वरियताकी जेनिफर ब्राडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन्।
ओसाकाले शनिबारको फाइनलमा जेनिफरमाथि ६–४ र ६–३ को जित निकालेको बीबीसीले जनाएको छ।
यससँगै ओसाका अस्ट्रेलियन ओपन दुईपटक जित्ने १२ औं महिला खेलाडी पनि बनेकी छिन्।
सेमिफाइनलमा ओसाकाले चिर्चित अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।
सन् २०१८ को अमेरिकन ओपनको फाइनलमा पनि विलियन्स ओसाकासँग पराजित भएकी थिइन्।
𝒯𝒽𝒶𝓉 𝓂𝑜𝓂𝑒𝓃𝓉.
When @naomiosaka became our 2021 Women's Singles champion 🏆#AO2021 | #AusOpen pic.twitter.com/Id3ZZhaJHh

प्रतिक्रिया