राजनीति


प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले उपराष्ट्रपति र सभामुखलाई गरे तुच्छ गाली

प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले उपराष्ट्रपति र सभामुखलाई गरे तुच्छ गाली

नेपालखबर
फागुन ८, २०७७ शनिबार ३:३,

सरकारले आयोजना गरेका शपथग्रहण समारोह बहिष्कार गरेको रिसमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटालाई तुच्छ शब्दमा गाली गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्वजानकारी गराएरबाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक होइन र हुनै सक्दैन।’

उनले अगाडि लेखेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित शपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिँड्नु झन् गैरजिम्मेवारी हो। अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन।’

साथै उनले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वउपकुलपति र पूर्वप्रमुख निर्वाचन आयुक्तहरूलाई पनि गाली गरेका छन्।

उनले लेखेका छन्, ‘पूर्वहरूको बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो।’

suryathapastatussani

याे पनि :  

नवनियुक्त प्रदेश प्रमुख झाले लिए शपथ, उपराष्ट्रपति र सभामुख अनुपस्थित

उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण बहिष्कार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad