ad ad

राजनीति


गृहमन्त्री बन्दैछ भनेर मेरो चरित्र हत्या गर्ने प्रयत्न गरियो : वामदेव गौतम

गृहमन्त्री बन्दैछ भनेर मेरो चरित्र हत्या गर्ने प्रयत्न गरियो : वामदेव गौतम

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १३:७,

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्री बन्न लागेको भन्ने समाचार गलत, भ्रामक र दूराशययुक्त भएको बताएका छन्।

शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै संयोजक गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्नस्वरुप यसप्रकारको हल्ला चलाइएको दाबी गरेका छन्। गौतम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बन्न लागेको समाचार सार्वजनिक भएपछि गौतमले प्रेस विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेका हुन्।

उनले किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्न सबैमा आग्रह समेत गरेका छन्।

केही दिनअघि प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएर चुनावी सरकारको गृहमन्त्री बन्न प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि गौतम ओली सरकारमा सहभागी बन्ने चर्चा चलेको थियो।

‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जादैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएका छन्’, गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेरा सबै मित्रहरुलाई यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन् हार्दिक अनुरोध गर्दछु।’

 

प्रेस विज्ञप्ति: मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको...

Posted by Bamdev Gautam on Friday, February 19, 2021

तत्कालीन नेकपाका उपाध्यक्ष समेत रहेका गौतम पार्टीमा आएको फुटपछि कुनै पनि समूहमा नलागी पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .