राजनीति


प्रतिनिधिसभा बैठकमा एसी बिग्रेको चर्चा

प्रतिनिधिसभा बैठकमा एसी बिग्रेको चर्चा

नेपालखबर
साउन २३, २०७६ बिहिबार ११:२६,

प्रतिनिधिसभाको सुन्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कण्डिसन बिग्रिएको देखि शुन्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धीत मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्ष गराएका छन्। 

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद सुजता परिवारले प्रतिनिधिसभा बैठक कक्षको एअर कण्डिसन बिग्रिएको तर्फ सभामुखको ध्यानाकर्षण गराइन्। उनले सम्बन्धित निकायलाई तत्काल निर्देशन गर्न माग गर्दै भनिन्, ‘सुनिन्छ एसीमा पानी छैन। पानी सकिएर एसी नचलेको। सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो कि? पानी पेट्रोल भन्दा महंगो भएको हो? तीन तीन दिन सम्म पनि एसि बनाउन नसक्नु सरासर लापरवाही हो। त्यसैले सभामुख मार्फत तत्काल सम्बन्धित निकायलाई निर्देशन होस भनि अनुरोध गर्न चाहन्छु।’

सांसद सुदन किराँतीले सबैतर्फ वेथितिहरु देखा परेको भन्दै ‘वेथितिले सिमा नाघ्यो। सहने शक्ति कहाँबाट आर्जन गरुँ?’ भनी प्रश्न गरे। स्थानीय तहमा कर्मचारी अभावले बजेट खर्च हुन नसकेको भन्दै तत्काल आवश्यक कर्मचारी पठाउने व्यवस्था गर्न सरकारसँग माग गरे।

उनले भने, ‘आज ११ बजेर ३० मिनेट जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थिएँ। कर्मचारीहरुले मन्त्रालय पस्ने बाटो अवरुद्ध गरेर पस्न दिईएन। किनभने गाउँपालिका र नगरपालिकाले उहाँहरुलाई हाजिर गराएको रहेनछ। दुरदराजका वडाहरुमा कर्मचारीको अभावमा ६ वटा वडा एउटै सचिवले चलाउनुपरिरहेको र कर्मचारीको अभावमा जनताको नाममा गएको बजेट फ्रिज भएको छ। काठमाडौं भन्दा १० गुणा ठुलो एउटा वडा पहाडमा छ। जहाँ यातायात छैन र टेलिफोन सम्पर्क पनि समयमा हुन सक्दैन। जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो। होइन भने जागिरबाट २४ घण्टा भित्र बरखास्त गरेर हजारौँ बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो।’

सांसद सुरेशचन्द्र दासले प्रतिनिधिसभाको बैठकको शुन्य समय र विशेष समयमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले दिनका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए।

सांसद स्मृतिनारायण चौधरीले बाढी पहिरो र डुबानका कारण सबै भन्दा प्रदेश नम्बर २ प्रभावित भएको भन्दै प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसँग माग गराए।

सांसद ज्ञानकुमारी छन्त्यालले साउन १८ गते रातिदेखि मध्य पहाडी लोकमार्गको झण्डै २ सय मिटर सडक भत्किएका कारण सवारी साधन सञ्चालनमा समस्या देखिएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘सरकारले केही बनाउने सुरसार गरेको छैन। त्यहाँका जनताले, सयौँ जनाले राति सुत्न पनि दिएका छैनन्। बस्न पनि दिएका छैनन्। खान पनि दिएका छैनन्। फोन गरेर मलाई असाध्यै चाहीँ मासु तितो बनाएका छन् सभामुख महोदय। सो सडकखण्ड छिटो भन्दा छिटो बनाओस् भनी म नेपालसरकारको ध्यानाकर्षण गराउँछु।’

सांसद सिता देवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अबिलम्ब राहतको व्यवस्था गर्न माग गरिन्। शान्ति प्रक्रियाका १४ बर्ष पुगिसक्दा पनि पीडितहरुले न्याय र परिपुरण नपाएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .