ad ad

राजनीति


धर्म र पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गर्न खोजियो : श्रेष्ठ

धर्म र पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गर्न खोजियो : श्रेष्ठ

नेपालखबर
फागुन २, २०७७ आइतबार ९:२८,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले धर्म र पुशपतिनाथ जस्तो पवित्र धार्मिक संस्थालाई संकीर्ण राजीतिक स्वार्थका लागि उपयोग गर्न खोजिएको बताएका छन्।

प्रतिनिधि सभा विघटनको विरुद्ध केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरिएको बताए। उनले संकीर्ण राजनीतिक स्वार्थका लागि धर्म र पशुपतिनाथको दुरुपयोग नगर्न समेत आग्रह गरे।

‘पुशपतिनाथलाई विश्वभरीका हिन्दुहरुको आराध्यदेवका र सबै हिन्दुहरुको आस्थको केन्द्रका रुपमा लिइन्छ। त्यसको हामी सम्मान गर्छौँ’,  उनले भने, ‘तर, हाम्रा नेताको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पुशपतिनाथजस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका निम्ति उपयोग गर्ने र यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थका निम्ति दुरुपयोग गर्ने काम नगर्न हामी सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ।’

उनले धर्मनिरपेक्षताको अर्थ राज्य धर्मबाट अलग हुने भन्ने रहेको बताउँदै जनताको धार्मिक आस्थाप्रति आफूहरुको सम्मान रहेको बताए।

‘धर्मनिरपेक्षताको अर्थ राज्य धर्मबाट अलग हुने भन्ने हो । तर सबै जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ,’ प्रवक्ता श्रेष्ठले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .