ad ad

राजनीति


ट्रम्प महाभियोगबाट मुक्त भएपछि बाइडेनले भनेः उनी हिंसा भड्काउन जिम्मेवार छन्

ट्रम्प महाभियोगबाट मुक्त भएपछि बाइडेनले भनेः उनी हिंसा भड्काउन जिम्मेवार छन्

नेपालखबर
फागुन २, २०७७ आइतबार ८:४१,

बीबीसीका अनुसार अमेरिकाको माथिल्लो सदन सिनेटमा गरिएको मतदानबाट ट्रम्पविरुद्धको महाभियोग अस्वीकृत भएको हो।

ट्रम्पविरुद्ध पेस महाभियोग प्रस्तावबारे सिनेटमा पाँचौं दिन शनिबार सुनुवाइ पूरा गरी मतदान गरिएको थियो।

त्यस क्रममा महाभियोगका पक्षमा ५७ तथा विपक्षमा ४३ सांसदले मतदान गरेका हुन्।

प्रस्ताव परित हुन आवश्यक दुईतिहाइ अर्थात् ६७ मत आवश्यक नपुगेपछि उनी निर्दोष साबित भएका हुन्। ट्रम्पविरुद्ध ट्रम्पकै पार्टीका ७ सिनेटर्सले मतदान गरेका थिए।

ट्रम्प महाभियोगमुक्त भएता पनि राष्ट्रपति जो बाइडेनले ट्रम्प हिंसा भड्काउन जिम्मेवार रहेको बताएका छन्।

गत नोभेम्बरमा भएको राष्ट्रपति चुन्ने चुनावमा जो बाइडेनसँग हारेपछि ट्रम्पले धाँधलीको आरोप लगाउँदै अन्तिम समयसम्म बाइडेनको जित अस्वीकार गरिरहेका थिए। मतपरिणाम बदर गर्न अदालतमा हालिएका उनका मुद्दा खारेज भएका थिए।

सोही क्रममा जनवरी ६ का दिन अमेरिकाको संसदमा बाइडेनको जित प्रमाणीकरण गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले सांघातिक आक्रमण गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो।

संसद भवनमा भएको त्यो हिंसा ट्रम्पकै उक्साहटमा भएको भन्दै उनीविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको थियो।

अमेरिकाको तल्लो सदनबाट पारित भएपछि प्रस्ताव माथिल्लो सदन सिनेटमा लगिएको थियो। तर त्यहाँबाट पारित हुन नसकेपछि ट्रम्प निर्दोष साबित भएका हुन्।

यस विषयमा बाइडेन भन्छन्,‘५७ सिनेटर्सले ट्रम्पले लोकतन्त्रमाथि आक्रमण गरेकोमा दोषी मानेका छन्। उनीमाथि महाभियोग नलागे पनि उनीमाथि लागेको आरोप इन्कार गर्न सकिँदैन।’

ट्रम्पले आफ्नो कर्तव्यलाई नजर अन्दाज गरेको बताउँदै बाइडेनले अमेरिकी संसदमा भएको आक्रमणमा ट्रम्प नैतिक र राजनीतिक रुपमा जिम्मेवार भएको पनि बताएका छन्।

महाभियोगबाट छुट्कारासँगै ट्रम्प अब आगामी सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्न योग्य भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .