ad ad

राजनीति


प्रधानन्यायाधीशको प्रश्न : यो सरकार केपी ओलीको हो कि नेकपाको?

प्रधानन्यायाधीशको प्रश्न : यो सरकार केपी ओलीको हो कि नेकपाको?

उजिर कार्की
फागुन २, २०७७ आइतबार ७:२७,

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्।

आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले सोधे, ‘यो सरकार केपी ओलीको हो कि नेकपाको?

जवाफमा अधिवक्ता पोख्रेलले सरकार नेकपाको भएको बताए।

प्रधानन्यायाधीश जबराले त्यही जवाफमाथि टेकेर थप प्रश्न गरे, ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो। अनि तपाईंले धारा ७६.१ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो? बहुमत प्राप्त दल भएको अवस्थामा संविधानले बाँकी बुँदालाई लोप गर्छ। यो संविधानसँग कसरी मिल्छ? बाँकी सम्भावना कहाँ छ?’

त्यसको जवाफमा अधिवक्ता पोख्रेलले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनु पर्ने र संसदीय दलबाट विकल्प खोज्नु पर्ने बताए। उनले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जवाफ दिए।

यो संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाइ थियो।

त्यसअघि रिट निवेदककै पक्षबाटै विकास भट्टराईले बहस गरेका थिए।

आइतबारबाट संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलको जवाफी बहस सुरु भएको हो। यसअघि निवेदकका बिपक्षी अर्थात विघटन पक्षले बहस गरेका थिए।

उनीहरुले बहसका क्रममा उठाएका विषयको जवाफमा रिट निवेदक पक्षले बहस सुरु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .