राजनीति


जनयुद्ध दिवसका दिन आज बुटवलमा ओली समूहको आमसभा, पूर्वमाओवादी लडाकु तान्ने रणनीति

जनयुद्ध दिवसका दिन आज बुटवलमा ओली समूहको आमसभा, पूर्वमाओवादी लडाकु तान्ने रणनीति

नेपालखबर
फागुन १, २०७७ शनिबार २:३९,

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले आज (शनिबार) बुटवलमा आमसभा आयोजना गर्दै छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा अध्यक्ष ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

बुटवलस्थित सिद्धेश्वर मैदानमा हुने सभा बिहान ११ बजे सुरु गर्ने तयारी छ। सभामा २ लाखभन्दा बढी कार्यकर्ता/नागरिक सहभागी गराउने नेकपा ओली समूहले दाबी गरेको छ।

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक कदम ठहर गर्दै देशव्यापी आन्दोलन भइरहेका बेला ओली समूहले भने सभाको नारा ‘अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा : राष्ट्रिय स्वाधीनता, ताजा जनादेश विकासको निरन्तरता’ राखेको छ।

प्रतिनिधि सभा विघटन (गत पुस ५ गते) गरेर चुनावको मिति (वैशाख १७ र २७)  घोषणा गरेपछि ओली पक्षले बुटवलमा दोस्रोपटक सभा गर्न लागेको हो।

माओवादीले जनयुद्ध सुरु गरेकै दिनको अवसर पारेर ओली समूहले आमसभा राख्नुलाई पूर्वमाओवादी लडाकु अर्थात् पूर्वजनमुक्ति सेनालाई आफ्ना पक्षमा तान्ने रणनीतिका रूपमा हेरिएको छ।

सभाअघि बिहान बुटवलमा पूर्वजनमुक्ति सेनाको भेला गरिने र स्थायी समिति सदस्य लेखराज भट्ट र मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।

विस्तृत :  बुटवलमा शनिबार ओली पक्षको सभा, दुई लाख मान्छे उतार्ने दाबी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad