राजनीति


शनिबार एउटै मञ्चमा जुट्दै प्रचण्ड, बाबुराम भट्टराई र रामचन्द्र पौडेल

शनिबार एउटै मञ्चमा जुट्दै प्रचण्ड, बाबुराम भट्टराई र रामचन्द्र पौडेल

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ७:१२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भोलि फागुन १ गते एउटै मञ्चमा सहभागी हुनेभएका छन्।

सो कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी हुनेछन्।

जनयुद्ध दिवसको अवसर पारेर भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन कार्यक्रममा तत्कालीन माओवादी नेतासहित अन्य नेताहरु एउटै मञ्चमा सहभागी हुन लागेका हुन्।

भोलि शनिबार बालुवाटारको एक पार्टी प्यालेसमा आयोजना गर्न लागिएको सो कार्यक्रममा वक्ताहरुको रुपमा नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल, जसपा नेता अशोक राई, डा. मीना पौडेल र डा. अरुण गुप्तोलाई चयन गरिएको छ।

तत्कालीन माओवादी पार्टी छाडेर नयाँ शक्ति गठन गरी, संघीय समाजवादी पार्टी हुँदै अहिले जसपाको नेतृत्वमा रहेका भट्टराई र प्रचण्ड एउटै मञ्चमा बिरलै देखिने गर्छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि भने ओलीको सो कदमविरुद्ध प्रचण्डलगायत आन्दोलनरत् नेकपा नेताहरु र जसपा नेता भट्टराईको धारणा समान रहँदै आएको छ।

दुवै पक्षले ओलीको कदमविरुद्ध आन्दोलन चर्काउनु पर्नेमा जोड दिँदै आएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चर्काउने वा वैशाखका लागि घोषणा गरिएको चुनावको तयारीमा लाग्ने भन्ने विषयमा नेपाली कांग्रेसको नेतृत्व विभाजित छ।

कांग्रेस सभापति शेरबहादुर देउवा त्यसबारे अदालतको फैसलाअनुसार अघि बढ्ने र प्रधानमन्त्रीले घोषणा गरेको चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिइरहेका छन् भने पौडेल ओलीको कदम असंवैधानिक भएको र सो कदमविरुद्ध कुनै अन्यौलविना आन्दोलन चर्काउनुपर्ने अडानमा छन्।

ओलीको कदमपछिको राजनीतिक कोर्समा एउटै धारणा बनाउँदै गएका प्रचण्ड र भट्टराईबीच आगामी रणनीतिबारे केहि दिनयता भेटघाट तथा छलफल पनि हुन थालेको छ।

ओलीद्वारा प्रतिनिधि सभा विघटन गरिएको केहि दिनपछि प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति कार्यालयमा समेत भेटघाट भएको थियो।

प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न जोड दिँदै आएका भट्टराईद्वारा यहिबेला आफ्नो पुस्तक विमोचनमा गरिएको नेताहरुको चयनलाई पनि अर्थपूर्णरुपमा लिइएको छ।

GumnamAamaharu.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad