कारोबार


सरकारले छान्यो २ सय पर्यटन पूर्वाधार आयोजना, कुन कुन परे? (सूची)

सरकारले छान्यो २ सय पर्यटन पूर्वाधार आयोजना, कुन कुन परे? (सूची)

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ७:२,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारीमा २ सय आयोजना छनोट भएका छन्।

मन्त्रालयले बिहीबार स्थानीय तहले दिएको प्रस्तावको आधारमा २ सय पर्यटन पूर्वाधार आयोजना छनोट गरेको हो।

मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट आव २०७७÷०७८ साझेदारीमार्फत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमहरुका लागि भदौमा प्रस्ताव माग गरिएको थियो।

मन्त्रिपरिषदले साउन २६ गते स्वीकृति गरेको निर्देशिकाअनुसार स्थानीय तहले पेश गर्ने आयोजनामा प्रदेश र महानगरपालिकाले ५० प्रतिशत खर्च आफैँ व्यहोर्नुपर्नेछ भने उपमहानगरपालिकाले ४० प्रतिशत, नगरपालिकाले ३५ प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत खर्च व्यहोर्नुपर्ने उल्लेख रहेको छ।

तर तुलनात्मक रुपमा न्यून आय भएका, मानव विकास सूचकांकमा ०.५ अंकभन्दा पछाडि रहेका जिल्लाका गाउँपालिका वा नगरपालिकालाई मन्त्रालयले थप पाँच प्रतिशत रकम व्यहोर्ने गरी बजेट उपलब्ध गराउन सक्ने व्यवस्था रहेको थियो।

कार्यक्रमअन्तर्गत प्रदेश र स्थानीय तहले एक आर्थिक वर्षमा दुईवटा कार्यक्रमका लागि आयोजना प्रस्ताव गर्न व्यवस्था रहेको थियो।

यसअनुसार प्रदेशले ३० करोडसम्मको आयोजना, महानगरपालिकाले १५ करोड, उपमहानगरले १० करोड, नगरपालिकाले ७ करोड र गाउँपालिकाले ५ करोडसम्मको आयोजना प्रस्ताव गर्न निर्देशिकामा उल्लेख रहेको थियो ।

कुन कुन परे? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad