भारत यस क्षेत्रमा अग्रणी विश्वशक्तिको रुपमा उपस्थित हुनुपर्ने पनि अमेरिकाको भनाइ छ।
अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले भारतको विषयमा मंगलबार भनेका छन्,‘भारत अमेरिकाको इन्डो–प्यासिफिक क्षेत्रको महत्वपूर्ण सहयोगी मुलुक हो। हामी भारतलाई एक अग्रणी विश्वशक्तिको रूपमा देखा पर्न र यस क्षेत्रमा सुरक्षा प्रदान गर्न स्वागत गर्दछौं।’
पत्रकारहरुसँगको कुराकानीमा मंगलबार प्राइसले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन र भारतीय समकक्षी एस जयशंकरबीच कुराकानी भएको पनि जानकारी दिए।
दुईहप्तामा दुईपटक यी दुई देशका विदेशमन्त्रीबीच कुराकानी भएको हो।
प्राइसले दुई देशबीच सो क्रममा क्वाड र अन्य क्षेत्रीय सहयोग बढाउने विषयमा कुराकानी भएको जानकारी दिए। उनका अनुसार कोरोना भाइरस र जलवायु परिवर्तनजस्ता चुनौतीसँग जुध्ने पनि प्रतिवद्धता भएको छ।
उनले भनेका छन्,‘अमेरिका र भारतबीच रक्षा, इन्डो–प्यासिफिक क्षेत्रीय सहयोग, आतंकवाद, शान्ति, पर्यावरण, स्वास्थ्य, शिक्षा, कृषि, अन्तरिक्षजीता कयौं विस्तृत कूटनीति र सुरक्षा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।’ बीबीसीहिन्दी

प्रतिक्रिया