राजनीति


प्रचण्ड–नेपालको शक्ति प्रदर्शन : यी स्थानबाट जुलुस सुरु

प्रचण्ड–नेपालको शक्ति प्रदर्शन : यी स्थानबाट जुलुस सुरु

नेपालखबर
माघ २८, २०७७ बुधबार ६:२९,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध बुधबार दिउँसो नेकपाले काठमाडौँको भृकुटीमण्डपमा बृहत आमसभा गर्न लागेको हो।

May be an image of 10 people, people standing and outdoors

आमसभाअघि अहिले राजधानीका पुल्चोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिएको छ।

सहायक जुलुस सुन्धरा पुगेपछि मुख्य जुलुस सुरु हुने र उक्त जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ। 

May be an image of 9 people, people standing and road

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन्।

त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सभामा सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

नेकपाले बुधबार दुई लाख मान्छे उतार्ने दावी गर्दै आएका छ।

May be an image of 5 people, people standing, outdoors and crowd

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad