म्यान्मारमा आफ्नो सरकारविरुद्ध जारी आन्दोलनमा सेनाले धरपकड गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निषेधाज्ञा तोड्दै मंगलबार प्रदर्शनमा उत्रिएका नागरिकमाथि त्यहाँका सैनिकले रबरका गोली र पानीका फोहरा बर्साएका हुन्।
त्यस क्रममा आक्रोशित सेनाले नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको पार्टीको मुख्यालयमा तोडफोडसमेत गरेका छन्।
गत नोभेम्बरमा सम्पन्न चुनावमा सुचकिो पार्टी पार्टी नेसनल लिग फर डेमोक्रेसीले बहुमत (८३ प्रतिशत) ल्याएको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै शासन सत्ता कब्जा गरी मतपरिणाम बदर गरेको छ।
रबरका गोली लागेर २५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने थुप्रै आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यही माघ १९ अर्थात् फेब्रुअरी १ तारिखका दिन त्यहाँको सेनाले आङ सान सुची, राष्ट्रपति, मन्त्रीलगायत सबै प्रजातान्त्रिक नेताहरूलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएको हो।
त्यसविरुद्ध म्यान्मारी नागरिकले निरन्तर आन्दोलन गरिरेहका हुन्।
याे पनि :
म्यानमारमा निषेधाज्ञा तोड्दै विरोध प्रदर्शन जारी, झडप हुने खतरा (भिडिओ)
म्यान्मारमा सैनिक शासनविरुद्ध शंख फुक्दै नेपालीभाषीले पनि लगाए नारा (भिडिओ)

प्रतिक्रिया