गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट युवाले बहिष्कार गरेको ओली समूहको युवा संघको भेलाले आफ्नो केन्द्रीय समिति पुनर्गठन गरेको छ।
प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि तोकिएको निर्वाचनलाई लक्ष्य गरी नेकपाको युवा संघले ठूलो केन्द्रीय समिति बनाएको हो।
आइतबार र सोमबार भएको केन्द्रीय समिति बैठकले बच्चनबहादुर सिंहको अध्यक्षतामा युवा संघ केन्द्रीय कमिटी पुनर्गठन गरेको हो। किरण पौडेललाई सहअध्यक्ष बनाइएको समितिमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरीलाई उपाध्यक्ष चयन गरिएको छ।
यस्तै महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई मनोनयन गरिएको छ। त्यसैगरी सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई सचिव छन्।
त्यसैगरी युवा संघले मुकेश बुढाथोकीलाई कोषाध्यक्ष बनाएको छ। राकेश लामा र हिमेश केसीलाई सहकोषाध्यक्ष बनाइएको छ। युवा संघले निर्वाचन आयोग प्रमुखको जिम्मेवरी बाबुराम पाण्डेलाई दिएको छ भने लेखा आयोग प्रमुखको जिम्मेवारी सुदीप सापकोटालाई दिएको छ। आयोगको उपप्रमुखमा प्रल्हाद प्रधानलाई चयन गरिएको छ।
नयाँ कार्यसमितिका पदाधिकारीले भव्य समारोहबीच सोमबार अबेर राति शपथ लिएकाे बताइएको छ।
याे पनि : ओली समूहमा खटपट सुरुः गृहमन्त्री थापा पक्षले बहिष्कार गर्यो युवा संघको बैठक

प्रतिक्रिया