ad ad

राजनीति


पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालेर जनता भड्काउने काम भइरहेको छः प्रधानमन्त्री

पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालेर जनता भड्काउने काम भइरहेको छः प्रधानमन्त्री

नेपालखबर
माघ २५, २०७७ आइतबार १२:२६,

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीतिलाई अनुचित हिसबाले उकासेर जनता भड्काउने काम भइरहेको बताएका छन्।

आइतबार एकीकरण मार्ग कार्यक्रमको दोस्रो बृहत् सेमिनारमा प्रधानमन्त्री ओलीले पहिचानको राजनीतिलाई अनुचित हिसबाले उकासेर जनता भड्काउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइरहेको बताएका हुन्।

‘पहिचानको राजनीतिलाई अनुचित ढंगले उकासेर जनतालाई भड्काउने प्रयास भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने। उनले यस्तो काम कसले गरिरहेको छ भन्नेबारेमा केही खुलाएनन्।

प्रधानमन्त्री ओलीले हिजो नेपालीको मेलमिलाप र विविधतामा एकताबाट एकीकृत राज्यलाई बचाउनु परेको बताए। उनले देशका कतिपयमा देशभक्तिप्रतिको भावना कम देखिएको बताए।

‘एकीकरण एकदिनको मात्र काम होइन्, यो अनवरतको काम हो’, उनले भने, ‘हिजो एकीकरण लडाईंबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाईंबाट बचाउनु परेको थियो। आज एकीकृत राज्यलाई नेपालीहरुको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ।’

उनले एकीकरणकलाई इतिहास, पुर्खाको योगदान र राष्ट्र बचेको इतिहास बुझ्नुपर्ने बताए।

उनले देश चिट्ठामा नपाएको बताउँदै राष्ट्र निर्माणमा पुर्खाको बलिदान गाँसिएको बताए। उनले वीर पुर्खाहरूले लडेका ऐतिहासिक, सामरिक स्थल, गढीहरू संरक्षण हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले अहिल आफूहरु कुनै किल्ला बनाउन लड्नु नपरेको भन्दै आजको काम इतिहासको संरक्षण गर्ने भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .