मोदी सरकारले ल्याएका कृषिसम्बन्धी कानुन खारेजी माग गर्दै आन्दोलनरत त्यहाँका किसानले आज शनिबार देशव्यापी चक्का जाम गर्ने भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले दिल्ली, यूपी र उत्तराखण्ड छाडेर आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म चक्का जाम गर्ने भएका हुन्। आन्दोलित किसानका अनुसार एम्बुलेन्स, स्कुल बसजस्ता अति जरुरी सवारीसाधनलाई भने चल्न दिइनेछ।
यसैबीच भारतमा जारी किसान आन्दोलनबारे संयुक्त राष्ट्र संघ पहिलोपटक बोलको छ।
राष्ट्रसंघको मानव अधिकारवादी संस्था ह्युमन राइट्सले भारतीय प्रशासन र आन्दोलित किसान दुवै पक्षलाई बढीभन्दा बढी संयता अपनाउन अपिल गरेको हो।
उसले भनेको छ : सबै किसिमका मानव अधिकारको सम्मान गर्दै न्यायपूर्ण निकास निकाल्न जरुरी छ।
भारतमा २ महिनादेखि जारी किसान आन्दोलनबारे संयुक्त राष्ट्र संघले पहिलोपटक आफ्नो अभिव्यक्ति दिएको हो।
#India: We call on the authorities and protesters to exercise maximum restraint in ongoing #FarmersProtests. The rights to peaceful assembly & expression should be protected both offline & online. It's crucial to find equitable solutions with due respect to #HumanRights for all.

प्रतिक्रिया