राजनीति


प्रचण्ड–नेपालको अराजकतालाई सफल हुन दिँदैनौँ : पोखरेल

प्रचण्ड–नेपालको अराजकतालाई सफल हुन दिँदैनौँ : पोखरेल

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ८:४३,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अराजकता मच्चाएर कम्युनिस्ट आन्दोलनलाई धरासाय बनाउने प्रचण्ड–नेपाल प्रवृत्तिलाई असफल बनाउने चेतावनी दिएका छन्।

ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड–नेपाल समूहले मुलुको आथिृक समृद्धि र कम्युनिस्ट आन्दोलनविरुद्ध अराजकता मच्चाएको आरोप लगाए।

‘उहाँहरुले जुन खालको अराजकता मच्चाउनु भयो, कम्युनिस्ट पार्टीलाई धरासायी बनाउन खोन्जु भो, आर्थिक विकास र संबृद्धिको यात्रालाई जुन हिसाबले कमजोर बनाउन खोज्नुभो, त्यो कुनै पनि हालतमा सफल हुनेछैन’, उनले भने, ‘हामीले सफल हुन दिनेछैनौँ, त्यो पराजित हुनु असम्भावी छ।’

उनले प्रधानमन्त्री ओलीले अराजकताको अन्त्य गरेर अगाडि बढ्नजका लागि नयाँ जनदेशमा जाने घोषणा गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad