प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हिजो बिहीबार प्रचण्ड–नेपाल पक्षले गरेको आमहडतालमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने बताएका छन्।
त्यसैगरी सो आमहडतालमा गरिएका अन्य तोडफोडबाट भएको क्षतिको पनि क्षतिपूर्ति दिइने उनले बताएका छन्।
ओली नेतृत्वको नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको आमसभामा उनले सो घोषणा गरेका हुन्।

प्रतिक्रिया