प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक आयोगमा नियुक्ति गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने नहुने काम गरेको बताएका छन्।
बुधबार राजधानीमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले असंवैधानिक रुपमा सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारीलाई सपथ गराएर गर्ने नहुने काम गरेको बताएका हुन्।
उनले अहिले सरकारले जे मन लाग्यो त्यही गर्न लागेको र ओलीको नेतृत्वमा जंगली राज चलेको बताए।
‘पहिला केहीले हामीलाई जंगली भन्थे। तर, हामी विधि र पद्दतिमा चल्थ्यौँ। ओली नेतृत्वको सरकार जंगली भयो। न संविधान, न नियम कानुन , न विधि पद्दति मान्छ’, उनले भने, ‘सब तोडेर संवैधानिक निकायमा शपथग्रहण गराइयो भनेको छ। यो ओलीले गर्नै नहुने काम गरे।’
उनले ओली नेतृत्वको सरकारलाई १० महिनामै पराजित गर्ने बताए।
उनले त्यसपछि पूर्व जनमुक्ति सेनालाई सम्मान र पुरस्कृत गर्ने बताए। उनले बहिर्गमित जनमुक्ति सेनाको एउटै कमिटी बनाउन आग्रह समेत गरे।
Shares

प्रतिक्रिया