नेपालले म्यानमारमा चाँडै प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया पुनर्स्थापित हुने आशा व्यक्त गरेको छ।
म्यानमारमा निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले कू गरेपछि परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर यस्तो जनाएको हो।
म्यानमारमा विकसित घटनाक्रमलाई नियालिरहेको परराष्ट्रले जनाएको छ।
‘सबै पक्षले म्यानमारका जनताको चाहनालाई सम्मान गर्ने र चाँडो प्रजातान्त्रिक प्रक्रिया सुरु हुने आशा लिएका छौँ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी पक्राउ गरेका म्यानमारकी नेतृ नेतृ आङ सान सू ची तथा राष्ट्रपति विन मिन्टसहितको नेताहरुलाई चाँडो रिहा गर्न पनि नेपालले भनेको छ।
उनीहरुको सुरक्षाको विषयमा समेत नेपालले चासो लिएको छ।
गत नोभेम्बर महिनामा भएको चुनावी परिणामलाई अस्वीकार गर्दै सेनाले सत्ता हातमा लिएको हो।

प्रतिक्रिया