राजनीति


धर्मभक्त माथेमाको हत्या गरिएको स्थानमा बृहत् नागरिक आन्दोलनको प्रदर्शन (फोटोफिचर)

  धर्मभक्त माथेमाको हत्या गरिएको स्थानमा बृहत् नागरिक आन्दोलनको प्रदर्शन (फोटोफिचर)

प्रविन कोइराला
माघ १८, २०७७ आइतबार ११:२,

प्रतिनिधि सभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले काठमाडौँको सिफलमा प्रदर्शन गरेको छ।

आइतबार नागरिक अगुवाहरुले सिफलस्थित सहिद धर्मभक्त माथेमाको हत्या गरिएको स्थानमा प्रदर्शन गरेका हुन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विभिन्न नारा लेखिएको प्ले कार्ड तथा व्यंग्य चित्रहरु प्रदर्शन गरिएको थियो।

naaandolan2
उनीहरुले ‘नागरिक अगाडि बढ्दै छ, सर्वसत्ता ढल्दैछ’, ‘संविधानको रक्षा गर, न्यायिक सुशासन कायम गर’, ‘संसद् विघटनको दुष्साहस, लोकतन्त्रको उपहास’, ‘जो रक्षक उही भक्षक लगायतका नारा सहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

naaandolan3

उक्त कार्यक्रममा नागरिक अगुवा केदारभक्त माथेमा, पत्रकार, लेखक नारायण वाग्ले, लेखक खगेन्द्र संग्रौला, तुलानारायण साह, रिता परियार लगायतको उपस्थिति थियो।

naaandolan6

naaandolan7

naaandolan4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad