राजनीति


धनगढीबाट प्रचण्डको उद्घोष : पार्टीमा मात्रै होइन सडकमा पनि ओली एक तिहाइमात्रै हो

धनगढीबाट प्रचण्डको उद्घोष : पार्टीमा मात्रै होइन सडकमा पनि ओली एक तिहाइमात्रै हो

नेपालखबर
माघ १७, २०७७ शनिबार ९:१५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मात्रै नभएर सडकमा पनि ओली एक तिहाइमात्रै भएको बताएका छन्।

प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै/घमण्ड गर्दै हिँडे पनि आजको सभाले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको उनको भनाइ थियो। उनले ओली पार्टीमा मात्रै होइन सडकमा पनि एक तिहाइमात्रै हो भन्ने आजको प्रदर्शनले सावित गरिदिएको बताए।

पार्टीमा कमजोर भए पनि सडकमा बलियो छु भन्ने ओलीलाई पछिल्ला तीन (बुटवल, विराटनगर र धनगढी) दिनका सभाले फुच्चे सावित गरिदिएको उनको दावी थियो।

‘सुदूरपश्चिम प्रदेशमा सभा गरेपछि ओली अलि बढी घमण्डी बनेर फुर्कँदै हिँड्नु भएको थियो’, उनले भने, ‘आजको तपाईंहरुको यो उपस्थितिले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको छ, तपाईंहरुले सडकमा पनि ओली एकतिहाइ मात्रै हो भन्ने पुष्टि गरिदिनु भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad