राजनीति


कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन : वैशाखमा चुनाव हुन्छ, गतिशील भएर लाग्नुहोस्

कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन : वैशाखमा चुनाव हुन्छ, गतिशील भएर लाग्नुहोस्

नेपालखबर
माघ १५, २०७७ बिहिबार १२:६,

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको निर्वाचनको निम्ति सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

बिहीबार आफू निकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले वैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरुलाई अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिएका हुन्।

बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवन मरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाई छ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं. १, बागमति प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको पनि बताए।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गरे। पार्टीमा शुद्धिकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृति किनारा लागेको बताए। पार्टी एक विचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उनको भनाई छ।

प्रधानमन्त्री ओेलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिई एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बताए। अल्मल्लिएकाहरुलाई आफूहरुको बाटोमा समाहित गराउनुपर्ने उनको भनाई छ।

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने पनि बताए।

प्रचण्ड-माधवले पार्टी चलाउने कुरा नभएको भन्दै नागरिक समाजको सम्मानित व्यक्तित्व बनाएर राख्ने टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad