राजनीति


प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज बुटवलमा विरोध सभा गर्दै, २० हजार कार्यकर्ता उतार्ने दाबी

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज बुटवलमा विरोध सभा गर्दै, २० हजार कार्यकर्ता उतार्ने दाबी

नेपालखबर
माघ १५, २०७७ बिहिबार ४:३,

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज (बिहीबार) बुटवलमा विरोध सभा गर्दै छ।

नेकपा संघर्ष समितिअन्तर्गत लुम्बिनी प्रदेश कमिटीले दिउँसोे १ बजे विरोध सभा आयोजना गर्न लागेकाे हो।

प्रादेशिक अस्पतालको उत्तरतर्फ खाली जग्गामा हुने सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

संघर्ष समितिका संयोजक ठाकुर गैरेका अनुसार सभाअघि बुटवलका उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व-दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निकालिनेछ। सभामा २० हजार कार्यकर्ता सहभागी गराउने दाबी आयोजकले गरेको छ।

यस विषयमा छलफल गर्न बिहीबार बिहान काठमाडौंमा नेकपाको केन्द्रीय संघर्ष समिति बैठक बसेको थियो। 

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड र नेपाल दुवै अध्यक्षको उपस्थितिमा बसेको समीक्षा बैठकमा अहिलेसम्मका आन्दोलनको समीक्षा पनि गरिएको नेताहरुले बताएका छन्। 

ओलीको असंवैधानिक कदमविरुद्ध तेस्रो चरणको आन्दोलन गरेको नेकपाले आजको बैठकमा संघर्षलाई अझ सशक्त बनाउने र व्यापक जनसहभागिता बढाउने विषयमा छलफल गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad