राजनीति


किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ, भ्रष्टाचार गरेको आरोप

किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ, भ्रष्टाचार गरेको आरोप

नेपालखबर
माघ १५, २०७७ बिहिबार ३:३०,

भ्रष्टाचार गरेको आरोपमा किर्गिजस्तानका पूर्व प्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभ पक्राउ परेका छन्।

भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

अब्यल्गाजीभले भ्रष्टाचार गरेका केही प्रमाणहरू भेटिएको दाबी अधिकारीहरुको छ। थप अनुसन्धानका लागि उनलार्य नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएक छन्।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानूनको उलङ्घन गरेको, स्रोत र शक्तिको दुरूपयोग गरेको, राज्यलाई नोक्सान पारेकोलगायतका आरोपहरू उनीमाथि लगाइएको छ।

खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा अब्यल्गाजीभले अनियमितता गरेको भन्दै उजीसहित सरोकारवालाहरूलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रूपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शङ्का गर्ने आधार बढेको प्रहरी अधिकारीहरूले बताएका छन्।

देशभरी नै उनको धेरै सम्पत्ति भेटिएको छ। त्यसको आम्दानीको स्रोत र आधार विश्वासीलो नभएको अधिकारीहरुको दाबी छ। एजेन्सी

उहाँ किर्गिजस्तानको प्रधानमन्त्रीको रूपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त हुनु भएको थियो । उहाँले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad