ad ad

राजनीति


चीनले भन्योः दक्षिण चीन सागरमा अमेरिकी सैन्य गतिविधि शान्तिको लागि बाधक

चीनले भन्योः दक्षिण चीन सागरमा अमेरिकी सैन्य गतिविधि शान्तिको लागि बाधक

नेपालखबर
माघ १३, २०७७ मंगलबार ११:५२,

हालै अमेरिकी विहानवाहक पानीजहाज र केही सैन्यजहाज उक्त विवादित जलक्षेत्रमा तैरिएपछि चिनियाँ विदेश मन्त्रालयले सोमबार अमेरिकी सैन्य गतिविधि शान्तिको लागि उत्तम नभएको बताएको हो।

चीनले आफ्नो भएको दाबी गर्ने दक्षिण चीन सागरबाट वर्षेनी खरबौं डलरको कारोबार हुने गर्दछ। यो जल व्यापारको प्रमुख मार्ग हो।

चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनाम जो आसिएनमा आवद्ध छन् उनीहरुले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ।

चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ।

तर आसिएन राष्ट्रले अमेरिकाको उपस्थितीलाई स्वागत गरेको अवस्था छ। यसबीचमा चीनले आसिएन राष्ट्रले बाह्य अवरोधको विरोध गर्नुपर्ने बताइहरन्छ।

अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

दक्षिण चीन सागरलाई दाबी गर्ने चीनबाहेकका राष्ट्रहरु साथै अमेरिका, जापान, अस्ट्रेलियाले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .