लेखक तथा नागरिक अभियन्ता नारायण वाग्लेले आफूले बोल्दै नबोलेको कुरा बोलेको भनी सामाजिक सञ्जालमा प्रचार गरिएको बताएका छन्।
सोमबार नागरिक अभियन्ताहरुको प्रदर्शनमा उनले अहिले जारी प्रतिगमनविरुद्ध नागरिक आन्दोलनबारे धारणा राखेका थिए।
अहिलेको अभियानमा उनी अग्रपंक्तिमा रहेर सहभागी हुने तथा आफ्ना धारणा राख्ने गरेका छन्।
आफूले बोल्दै नबोलेको कुरा सामाजिक सञ्जालमार्फत् दुष्प्रचार गरी नागरिक आन्दोलनलाई विकर्षित गर्न खोजिएको उनले बताएका छन्।
‘मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो? किन? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है,’ उनले सामाजिक सञ्जालमार्फत् मंगलबार बिहान जानकारी गराएका छन्।
सामाजिक सञ्जालमा केहि व्यक्तिहरुले नारायण वाग्लेले ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ, धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनुपर्छ, पूजापाठ बन्द गरिनुपर्छ,’ भने भनी प्रचार गरिएको थियो।
मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो? किन? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है! pic.twitter.com/TQwjhF84PO
तर उनले बोलेको कुरा फरक छ।
‘जो बालुवाटारमा बसेका छन्, यिनले पहिले देशभरी मन्दिर बनाउँदैछौं भन्दै हिंडे, अब पूजा आरती गर्दैै हिंड्दैछन्,’ उनले भनेका छन्, ‘संविधानमा त धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता लेखेको छ।’
वाग्लेले अगाडि भनेका छन्, ‘यिनले खल्बल्याउन खोजेको संघीयता, समानुपातिक समावेशितासहितको लोकतन्त्र नै हो त्यसकारण उनी मन्दिर मन्दिर जाउँन्, यो माघको महिना सहिदको महिना हो, हामी सहिदको कार्यक्रम गर्छौं, सहिदलाई जहाँ झुण्डाएको थियो, त्यहिँ गएर समर्पण गर्छौैं।’
भिडियोः
यो पनि:
- नागरिक अभियन्तामाथि बालुवाटारमा बर्साइयो लाठी र पानीको फोहरा, केही घाइते (तस्बिरहरू)

प्रतिक्रिया